३१ आश्विन २०८३, शनिबार

संविधान जारी हुन नदिने नेत्रविक्रमको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra_Bikram_Chandरत्ननगर (चितवन), २२ कात्तिक । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले नयाँ प्रक्रियासहित माओवादी पार्टी एक हुने बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार महासङ्घ चितवनले शनिबार आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उहाँले एमाओवादी र नेकपा–माओवादीको एकताकै कारण उपलब्धिको रक्षा हुने र आन्दोलन सफल हुने बताउनुभयो ।

अहिलेसम्म काँग्रेस र एमाले नसच्चिएकाले समस्या समाधान हुन नसकेको उल्लेख गर्दै उहाँले जनचाहनाअनुसारको नयाँ संविधान आवश्यक भएको बताउनुभयो ।

अहिले यथास्थितिको संविधान जारी गर्ने प्रपञ्च भएको उल्लेख गर्दै नेता विप्लवले कुनै पनि हालतमा सफल हुन नदिने दाबी गर्नुभयो ।  रासस