३१ आश्विन २०८३, शनिबार

एकै चोटी विष सेवन गरेका प्रेमीको मृत्यु, प्रेमिकाको अवस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, २२ कात्तिक । झापाको तोपगाछीमा प्रेम गर्ने एक जोडीले विष सेवन गरेका छन् । विष सेवनबाट प्रेमीको मृत्यु भएको छ भने प्रेमिकाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । दुवैजनाले एकैसाथ विष खाएर आत्महत्या गर्ने प्रयास गरेको प्रहरीको अनुमान छ ।

इलामको बाह्रकोठे घर भई दमक–१३ मा डेरा गरी बस्दै आएका १५ वर्षीय यादव कुमाल र उनका प्रेमीकाले एकैसाथ विष खाएर आत्महत्याको प्रयास गरेका थिए ।

उनको शव तोपगाछी–७ स्थित रतुवामाई जङ्गल क्षेत्रमा स्थानीयले शुक्रबार साँझतिर देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकले कीटनाशक विषादी सेवन गरेको खुल्न आएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । शान्तिनगर घर भई दमक–१० डेरा गरी बस्ने किशोरीको भने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । रासस