नवलपरासी, २२ कात्तिक । नवलपरासीको दाउन्ने पहाडमा मिनिबस र ट्रक जुध्दा एकजनाको ज्यान गएको छ ।
पुर्व–पश्चिम राजमार्ग अन्तरगर्त उक्त पहाडमा भएका दुर्घटनामा २५ भन्दाबढी घाइते भएका छन् ।
नेपालगन्जबाट पोखराबाट जाँदै गरेको भण्डारी लक्जरीको ना ५ ख ६६६ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट जाँदै गरेको ना३ख ४३७६ नम्बरको ट्रकसँग ठेकिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी बसमा सवार महिलाको ज्यान गएको हो ।
प्राप्त जानकारी अनुसार घाइतेमध्ये १० को अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई लुम्बिनी अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया