२१ कार्तिक २०८३, शनिबार

एमाले प्रतिनिधिमण्डलद्वारा चीनको सियान मेडिकल सेन्टरको अवलोकन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । चिनियाँ कम्युनिष्ट पार्टीको आमन्त्रणमा हाल चीन भ्रमणमा रहेको नेकपा एमालेका विदेश विभाग सदस्य डा.राजन भट्टराइको नेतृत्वको एक प्रतिनिधिमण्डलले आज सियानमा रहेको चीन नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टरको अवलोकन गरेको छ ।

सियान मेडिकल युनिभर्सिटीमा प्राध्यापक रहनुभएका डा.राजिवकुमार झाको नाममा चीन सरकारको सहयोगमा उक्त विश्वविद्यालयले उहाँको नाममा ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजिव कुमार झा’ नामको सेन्टर स्थापना गरिदिएको छ ।

उक्त अनुसन्धान केन्द्रका माध्यमबाट नेपाल चीन बीचको मेडिकल अध्ययनको क्षेत्र विस्तारका साथै सहयोग र समन्वय गर्ने तथा क्यान्सकार क्षेत्रमा कार्यरत प्राध्यापक झामार्फत नेपालमा पनि यस क्षेत्रको सहयोग कसरी प्रवर्धन गर्ने भन्ने बारेमा उहाँहरुले सो अवसरमा छलफल गर्नुभएको थियो ।

उक्त कमेन्द्रमार्फत प्रा.झाले सो क्षेत्रको चिनियाँ सहयोग र ज्ञानलाई नेपालमा पनि कसरी प्रवर्धन र विस्तार गर्ने भन्ने बारेमा काम गरिरहनुभएको छ ।

उक्त प्रतिनिधिमण्डललाई सो विश्वविद्यालयमा डा.झा र सो विश्वविद्यालयका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो ।

उहाँहरुले उक्त रिसर्च सेन्टरलाई नेपाल चीन सम्बन्धको एक महत्वपूर्ण सम्पदास्थलका साथै नेपालको ग्रामीण क्षेत्रसम्म पनि स्वास्थ्यको पहुँच पु¥याउनुका साथै स्वास्थ्य शिक्षाका क्षेत्रमा द्विपक्षीय अनुसन्धानको साझा केन्द्र कसरी बनाउन सकिन्छ भन्ने बारेमा नेपाल सरकारले पनि सोच्नुपर्ने र यसका लागि आफूहरुले पनि भूमिका निर्वाह गर्नसक्ने धारणा डा.भट्टराईले राख्नुभएको थियो ।

उक्त केन्द्रको यसअघि पूर्व उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतले अवलोकन गरिसक्नुभएको छ ।