– टेकेन्द बोहरा
बझाङ, ५ असोज । जिल्लाको तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले जिल्लामा रहेका केहि सँचारमाध्यमहरुसँग कमिसन लिएर सम्झौता गरेको आरोप लगाएका छन ।
जिल्लामा रहेका पत्रकारहरुले तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले जिल्लामा रहेका केहि रेडियोका र अन्य सञ्चार माध्यमका संञ्चालकहरुसँग कमिसन लिएर नियम विपरित रकम बृद्घि गरी बार्षिक सम्झौता गरेको आरोप लगाएका हुन ।
यसरी तल्कोट गाउँपालिकाका बासिन्दाहरुले अमुल्य मतदान गरी विजयी गराएर गाउँपालिकाका अध्यक्षले सोमबार सदरमुकाम चैनपुरमा आएर रकम वृद्घि गरी केहि रेडियोसँग सम्झौता गरेको र सम्झौता गरेको रकमको केहि प्रतिशत रकम आफुलाइ फिर्ता गर्नुपर्ने माग राखेको एक रेडियोका संञ्चालकले बताए ।
जिल्लामा रहेका केहि गाउँपालिकाका अध्यक्षहरुले संञ्चार माध्यममा समान रुपमा रकम विनियोजन गरेको भएपनि केहि गाउँपालिकाका अध्यक्षहरुले राजनितिक पूर्वाग्राही भएर रकम विनियोजन गरेको पत्रकार महासंघका पुर्व अध्यक्ष जगत खडकाले बताए । उनले भने गाउँपालिकाको संञ्चारमा विनियोजन भएको रकममा त कमिसन को चलखेल हुन थाल्छ भने अन्य ठूला ठूला योजनामा त कुरै छाडौँ ।
यसरी कोटेसन नगरी केहि रेडियोहरुसँग मात्र कसरी सम्झौता भयो भनेर सोध्दा तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले केहि रकम फिर्ता लिने गरी सम्झौता गरेको स्विकारेका छन । यस बिषयमा जिल्लाका पत्रकारहरुको भेला भइ यसरी संञ्चारमा विभेद नगर्न गाउँपालिका तथा नगरपालिकाहरुको ध्यानार्कषण गराउने छलफल भएको छ ।













प्रतिक्रिया