चन्द्रौटा, ५ असोज । नयाँ शक्ति नेपालकी महिला विभाग सचिवालय सदस्य रीना गिरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
जिल्लाको शिवराज नगरपालिकाको चन्द्रौटास्थित चन्द्रौटा होटलको सभाहलमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा गिरीले नयाँशक्ति परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो ।
शिवराज नगरपालिकाको प्रथम नगर सभा सम्बोधनका लागि कपिलवस्तु आउनुभएका एमाले केन्द्रिय सचिव प्रदीप ज्ञवाली गिरीलाई अबिर माला लगाई स्वागत गर्नुभएको थियो । नयाँशक्ति नेपालमा आफ्नो भविष्य नदेखेपछि एमालेमा प्रवेश गरेको गिरीले बताउनुभएको छ ।
कार्यकर्ता भेटघाट कार्यक्रममा ज्ञवालीले पार्टीको नीति र आचार संहितालाई अवलम्बन गर्दै पार्टी कार्यकर्ताहरु संगठन विस्तारमा लाग्न सुझाव दिनुभएको थियो ।
पार्टी कार्यकर्ताहरुले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिंदै नेता ज्ञवालीले अबको प्रदेश र संघीय निर्वाचनका लागि अहिलेदेखि नै तयारीमा जुट्न निर्देशन दिएका थिए ।
कार्यक्रममा एमाले केन्द्रिय सदस्य सिराज अहमद फारुकी, सांसद बलराम अधिकारी, प्रदेश नम्बर ५ का प्रदेश सदस्य क्षेत्रबहादुर खत्री लगायत विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया