२१ कार्तिक २०८३, शनिबार

घुस लिँदै गर्दा वडा सचिव पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, ४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको छ ।

सो गाउँपालिका–४ का वडा सचिव अयोध्याप्रसाद विश्वकर्मा र कृषि प्राविधिक सहायक वृजेश चाइले नेपाली नागरिकताको सिफारिस दिँदा स्थानीयसँग रु सात हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो । रासस