चितवन, २२ कात्तिक । भरतपुर अस्पताललाई स्तरोन्नति गरी पाँच सय शय्याको बनाइने भएको छ ।
अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सोको प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ ।
अस्पताल विकास समितिको शुक्रबार बसेको बैठकले तीन सय शय्याको अस्पताललाई थप दुई सय वृद्धि गर्न प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवराज भूर्तेलले बताउनुभयो ।















प्रतिक्रिया