२१ कार्तिक २०८३, शनिबार

सामुदायिक विद्यालयको पढाइमा गुणस्तर अनिवार्य : खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, ४ असोज । नेपाली कांग्रेसका सांसद राजु खनालले सामुदायिक विद्यालयको पढाइको गुणस्तरमा सुधारमा अनिवार्य भएको बताएका छन् ।

नेपाल शिक्षक महासंघ दाङ जिल्ला कार्यसमितिको घोराहीमा मंगलबार प्रथम अधिवेशनको उद्घाटन गर्दै सांसद खनालले शिक्षाको सुधारका लागि शिक्षकहरूले नै महत्वपूर्ण भूमिका खोल्नुपर्ने बताए ।

‘सरकारले नीति बनाइ दिने हो’, उनले भने, ‘सामुदायिक विद्यालयको पठन पाठनमा सुधार गर्ने दायित्व र जिम्मेवारी शिक्षकको हो ।’

सांसद खनालले सरकारी विद्यालयहरूमा धेरैभन्दा धेरै कसरी विद्यार्थी ल्याउन सकिन्छ भन्ने विषयमा पनि शिक्षकहरूले विशेष ध्यान दिनुपर्ने बताए ।

‘सामुदायिक विद्यालयहरूमा विद्यार्थीको संख्या घट्ने क्रममा छ’, उनले भने, ‘बरु राम्रो पढाइ कसरी गराउन सकिन्छ भनेर त्यसतर्फ सबै शिक्षकहरूले ध्यान दिने हो की ?’

कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले पनि सामुदायिक विद्यालयको पठन पाठन सुधारमा निर्वाय रहेको बताएका थिए ।