महोत्तरी, २२ कात्तिक । ३२ वर्षीया मञ्जुदेवी यादवको सामूहिक बलत्कारपछि हत्या गर्ने दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
यादवका प्रेमीकै योजनामा बलत्कारपछि हत्या भएको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ ।
गता कात्तिक ९ गते श्रीपुर– ६ यादवको सामूहिक बलत्कारपछि आँपको रुखमा झुण्ड्याएर हत्या भएको थियो ।
प्रहरीका अनुसार महोत्तरी श्रीपुर– ३ का ४० वर्षीय श्यामकुमार राय यादव र गौशाला नगरपालिका– ११ निगौलका १९ वर्षीय लक्ष्मण मुखिया पक्राउ परेका हुन् ।
उनीहरूलाई बिहीबार पक्राउ गरिएको थियो । हत्यापछि उनीहरु भारतमा लुकीछिपी बस्दै आएका थिए ।
एक बच्चाकी आमा समेत रहेकी यादवका श्रीमान् श्रीराम मण्डल दुई वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा छन् । मञ्जुको विवाह चार वर्षअघि भएको हो ।















प्रतिक्रिया