२१ कार्तिक २०८३, शनिबार

बझाङको विद्यालयमा शौचालय प्रयोग विहीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– टेकेन्द बोहरा

बझाङ, ४ असोज ।  बझाङको खप्तडछान्ना गाउँपालिका–६ पाटादेबलमास्थित खापरेश्वर प्राथमिक विद्यालयमा पानीको व्यवस्था नहुँदा शौचालय प्रयोगविहीन बनेका छ ।

लाखौको लगानीमा निर्माण गरिएको शौचालय प्रयोगविहीन अवस्थामा रहेको स्थानीय बिक्रम सिंहले बताए ।

शिक्षक र विद्यार्थीका लागि अलग अलग शौचालय निमार्ण गरेको एक वर्ष पुग्दा समेत प्रयोग गरिएको छैन । विद्यालयको शौचालय बन्द हुँदा खुल्ला स्थानमा विद्यार्थीले सौच गर्नुपर्ने बाध्यता रहेको छ ।