२१ कार्तिक २०८३, शनिबार

नेपालको विकास र समृद्धिको भारत जस्तोसुकै सहयोग गर्नपनि तयार छः राजदूत पुरी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । नेपालका लागि भारतीय नेपालमा अब प्रगतिको दिनहरु सुरु भएको बताएका छन् । उनले भने, ‘नेपालमा अहिले प्रगतिका संकेतहरु देखा परेका छन्, यो मेरो लागि खुशीको कुरा हो ।’

मंगलबार काठमाडौंमा नेपाली रेडियो नेटवर्कको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै राजदुत पुरीले यस्तो बताएका हुन् । भारत नेपालको विकास र समृद्धिको लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि उनले विश्वास दिलाए ।

उनले नेपालले आज दोस्रो संविधान दिवस मनाएकोप्रति खुशी व्यक्त गर्दै भने, ‘संविधान दिवस मनाउनु खुशीको कुरा हो, तर म अरु राजनीतिक विषयमा कुनै पनि टिकाटिप्पणी गर्न चाहन्न ।’

पुरीले संविधान दिवस र नेपाली रेडियो नेटवर्कको बार्षिकोत्सवको अवसरमा एकमुष्ट शुभकामना दिए । संविधान दिवसको अवसरमा नेपाली जनता र नेताले बिगत केही बर्षभित्रै नेपाललाई परिवर्तन गरेर देखाउनेमा आफु विश्वस्त रहेको पनि उनको भनाई थियो ।

नेपालीहरुको नजिकिँदै गरेका दशैं, तिहार र छठ जस्ता चाडपर्वहरुको शुभकामना दिँदै राजदुत पुरीले भने, ‘नेपालमा राजनीति स्थायी हुनुपर्छ, अनि मुलुकले दिगो विकासको लक्ष्य चुम्छ, राजनीतिक दलहरुले ईमान्दार भएर मुलुकको भविष्य बनाउनुपर्छ ।’