२१ कार्तिक २०८३, शनिबार

दशैं तिहारको नाममा कुनैपनि दललाई चियापान गर्न दिँदैनौंः प्रमुख निर्वाचन आयुक्त

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दशैं, तिहार तथा छठ लगायतका चाडपर्व लक्षित चियापान आयोजनागरिए कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

उनले भने, ‘अहिले चाडपर्वको मुखमा चियापन र भोजभतेर गर्नेहरुको होडबाजी नै चलेको छ, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भैसकेका छ, निर्वाचन आचारसंहिता लागु भैसकेको छ, यस्तो अवस्थामा आयोजना गरिने हरेक चियापानहरु राजनीतिक उद्देश्यहरुले प्रेरित हुन्छन्, त्यसैले आयोगले यसबारेमा पूर्ण सचेतना अपनाएको छ, हामी यस्ता खाले चियापन गर्न दिँदैनौं ।’

मंगलबार काठमाडौंको लैनचौरस्थित् लैनचौर ब्यांक्वेटमा नेपाली रेडियो नेटवर्कको प्रथम वार्षिकोत्सवको अवसरमा ‘प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा रेडियोको भूमिका माथि बहस’ नामक कार्यक्रममा सम्बोधन गर्दै प्रमुख आयुक्त डा. यादवले निर्वाचन लक्षित गरेर कुनैपनि चियापान समारोह नगर्न आग्रह गरे । उनले थपे, ‘राजनीतिक दलहरुलाई पनि चियापान नगर्न म विनम्र अनुरोध गर्छु ।’

निर्वाचन आचारसंहिता कार्यान्वयनको लागि आयोग खरो रुपमा उत्रिने बताउँदै उनले थपे, ‘मंसिर १० को निर्वाचन आउन धेरै बाँकी छैन, यो निर्वाचन लक्षित गरेर कुनैपनि चियापान समारोह नगर्नुहोस, चाडपर्वकै मुखमा गरिने चियापानले पनि चुनावी गन्ध ल्याउँछ, त्यसैले यस्ता चियापान गर्दै नगर्नुहोस, म यही कार्यक्रममार्फत उद्धघोष गर्न चाहन्छु, कसैले दशैं, तिहार र छठको अघि गरिने चियापान हामीलाई सह्यै हुँदैन, चुनावी प्रचारको लागि गरिने यस्ता कार्यक्रमहरु हामी निषेध गछौं ।’