काठमाडौँ, २२ कात्तिक । दुई दलबीच देखिएको दूरी घटाउन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच आज छलफल हुँदैछ ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बैठक बस्ने तय भएपनि समय निश्चित हुन बाँकी रहेको एमाओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
बैठकमा कांग्रेस र एमालेले सहमतिका लागि भन्दै तयार पारेको साझा धारणा र एकीकृत माओवादीको अडानका विषयमा छलफल हुन लागेको बताइएको छ ।
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नमानेपछि शुक्रबारका लागि बोलाइएको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजकत्वको राजनीतिक समितिको बैठक स्थगित भएको थियो । संविधान निर्माणको क्रममा दलहरुवीच रहेको राज्यपुर्नसंरचना, शासकीय स्वरुप, न्यायप्रणाली र निर्वाचन प्रणालीको विषयमा रहेको विवादमा सहमति जुटाउन छलफलको लागि प्रचण्डले बोलाएको बैठक एमाले अध्यक्ष ओलीले समिति छलफल गर्ने उपयुक्त थलो नभएको भन्दै अस्विकार गरेपछि स्थगित गरिएको थियो।
















प्रतिक्रिया