पोखरा, ३ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का कार्यकर्ताले मंगलबार दिउँसो पोखरामा सरकार गाडीमाथि तोडफोड गरेका छन् ।
पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ८ जनप्रियस्कूल नजिक रत्नचोकमा रोकी राखिएको बा १ झ ९६२२ नं. को सरकारी गाडीलाई नेकपाका कार्यकर्ताले आक्रमण गरेर क्षति पु-याएका हुन् । गाडी कुन सरकारी कार्यालयको हो भन्ने बारेमा खुल्न सकेको छैन ।
नेपाल कम्युनिष्ट पार्टी कास्कीले आफ्नो पार्टीका कास्की जिल्ला सेक्रेटरी नन्दप्रसाद तिवारीलगायत पाँच जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेर विष्फोटक पदार्थ ओसारपसार सम्बन्धि ऐन मुद्दामा मुद्दा चलाएको थियो ।
प्रहरीले पोखराको पृथ्वीचोकस्थित सस्तोबजारमा सिलिन्डर बम राखेको अभियोग उनीहरूलाई लगाएको छ ।












प्रतिक्रिया