५ कार्तिक २०८३, बिहिबार

एमाले केन्द्रीय कमिटी बैठक आज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौँ, २२ कात्तिक । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।

कात्तिक १४ गते प्रारम्भ भएको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक कात्तिक १८ गते तोकिए पनि स्थगन भएको थियो । बैठकमा पार्टीको भावी रणनीति तथा कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

एमाले सचिव गोकर्णराज विष्टले पार्टीभित्र कार्यविभाजनसमेत हुन नसक्नाले आन्तरिक लोकतन्त्र कमजोर रहेको देखाएको बताउनुभयो । उहाँले बैठकलाई कसरी सञ्चालन गर्ने र कार्यविभाजनमा कसरी जाने भन्ने विषयमा पदाधिकारी तहमा पनि छलफल हुन नसकेको गुनासो गर्नुभयो ।

गत साउन १ गते सम्पन्न नवौंँ महाधिवेशनपछि एमालेले कार्यविभाजनलगायत महत्वपूर्ण निर्णय गर्न सकेको छैन । कात्तिक १४ गतेको बैठकमा नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी र मनोमानीरुपमा निर्णय गरेको आरोपसहित ध्यानाकर्षणपत्र प्रस्तुत गरेका विषयमा पनि छलफल हुन सकेको छैन ।