२१ कार्तिक २०८३, शनिबार

कांग्रेस पनि एमाले जस्तै बन्दै गयो : डा.शेखर कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस पनि कम्युनिष्ट पार्टी जस्तै ‘रेजिमेन्टेड’ बन्दै गएको आरोप लगाएका छन् ।

कांग्रेसको दोलखा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता डा.कोइरालाले मनको डर हटाएर नेताहरूसँग निर्धक्कसँग कुरा गर्ने कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

‘कसैको मुख नताकेर निर्धक्क भई पार्टीमा लाग्नुस्’, उनले भने, ‘एमालेमा जस्तो निरंकुशता कांग्रेसभित्र छैन । डराउनु पर्ने आवश्यक्ता छैन ।’

कांग्रेसले संसदीय बोर्ड गठन गर्न नसकेकोमा असन्तुष्ट नेता डा.कोइरालाले भने, ‘पार्टीको पदाधिकारी चयन हुन नसक्नु, कांग्रेसका लागि दुर्भाग्यपूर्ण छ ।’

डा.कोइरालाले दूरदराजका कार्यकर्ताको मूल्यांकन गर्नुपर्ने बताए । ‘कुनै प्रलोभन र स्वार्थमा नपरी कार्यकर्ताको मूल्यांकनको आधारमा प्रदेश र संसदको टिकट बितरण गर्नुपर्छ ।’