३१ आश्विन २०८३, शनिबार

विमानस्थल भन्सारका नायब सुब्बा २१ लाख घुस लिँदालिँदै पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Airport

काठमाडौँ, २२ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा हरिवंश कार्की घुस लिँदालिँदै रँगेहात पक्राउ परेका छन् ।

काठमाडौंको धुमबाराहीको एक क्याफेमा गए राति दुई भन्सार एजेन्टसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट दुई गाडीसहित २१ लाख ४० हजार बरामद भएको आयोगले जनाएको छ । अभियुक्तसँग सोधपुछ र अनुसन्धान भइरहेको अख्तियारले बताइको छ ।