२१ कार्तिक २०८३, शनिबार

मतदान गर्न आमाको अन्तिम संस्कार पनि रोकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, ३ असोज ।  महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ मा एक परिवारले सोमबार स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि आमाको अन्तिम संस्कार पनि रोकेको छ ।

जलेश्वर–६ बस्ने नरेश महरा र उनका १२ जनाको परिवारले भोट हाल्नकै लागि सोमबार उनकी आमाको अन्तिम संस्कार नगरेको स्थानीय गणेश साहले बताउनुभयो ।

करिब २० वर्षपछि महापर्वकै रुपमा आएको स्थानीय तहको निर्वाचनमा भाग लिनैपर्छ भन्दै सोमबार बिहान उनकी ४९ वर्षीया आमा गेनो देवीको मृत्यु भएपनि उनी र उनका परिवारजनले सोमबार उनको अन्तिम संस्कार गरेनन् ।

सोमबार बिहान मतदान शुरु हुनुभन्दा अगाडि नै नरेशकी आमाको मृत्यु भएको थियो तर उनी र उनका परिवारका सबैले स्थानीय तहको निर्वाचनमा मतदान गर्ने र आज बिहान मात्र आमाको अन्तिम संस्कार गर्ने भन्दै अन्तिम संस्कार गरेनन् ।

आमाको मृत्युभएको अवस्थामा पनि नरेश र उनका परिवारका १२ जना सदस्यले सोमबार दिनभरि लाइन लागेर स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय धबौलीमा स्थानीय तहको निर्वाचनमा मतदान गरेका थिए । रासस