२१ कार्तिक २०८३, शनिबार

टिकटको दौडधुपमा नेताहरु, कुन पार्टीबाट कसको सम्भावना ?

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– टेकेन्द्र बोहरा

बझाङ, ३ असोज । आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन लागि नेताहरु टिकटको दौडधुपमा लागेका छन । जिल्लाका प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु टिकट को दौडधुपमा आ– आफ्नो लबिङ्गमा लागेका हुन ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाका लागि टिकटको टुङगो लगाइसकेको छ जसमा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धर्मराज विक र समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य देवराज रेग्मी रहेका छन भने प्रदेश सभाका लागि प्रत्यक्षतर्फ माननिय सांसद जनक बुढा र माओवादी केन्द्रका केन्द्रिय सदस्य बिक्रम खडकाको नाम सिफारिस भएको छ ।
समानुपातिकतर्फ जिल्ला अध्यक्ष कलक खडका, नेता हिरा थापा र तुलसी मल्लको नाम सिफारिस भएको छ । यसैगरी क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ विपना थापा, नन्दलाल धामी, जनक जोशी र भीम भण्डारीको नाम सिफारिस भएको छ भने समानुपातीकतर्फ आनन्द विक र शान्ति नेपालीको नाम सिफारिस भएको छ ।

यसैगरी काँग्रेसबाट पनि प्रतिनिधि सभामा पार्टी सभापती हर्कजंग बहादुर सिंह नेता नरेश बहादुर सिंह सुरेश मल्ल लगायतका नेताहरु आफ्नो लबिङ्गमा लागि परेका छन भने प्रदेश सभाका लागि नेता चेतराज बजाल,पृथ्वी बहादुर सिंह,प्रताप गुरुधामी र भक्तराज जोशी लगायतका नेताहरु टिकटको दौडधुपमा लागिपरेका स्रोतको भनाई छ ।

त्यस्तै, नेकपा एमालेमा पनि प्रतिनिधि सभामा पूर्व बनमन्त्री भानुभक्त जोशी र नेकपा एमालेका केन्द्रिय सदस्य भैरव बहादुर सिंहको नाम चर्चामा आएको छ । यसैगरी प्रदेश सभामा नेकपा एमाले जिल्ला अध्यक्ष दिल बहादुर सिंह र नेकपा एमालेका प्रभावशाली नेता अर्जुन बहादुर थापा, धन बहादुर बोहरा लगायतका नेताहरु टिकटको लागि दौडधुपमा लागि परेका छन ।