२९ आश्विन २०८३, बिहिबार

यसरी भयो ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape_minor4_042113102557क्वेटा (पाकिस्तान), २१ कात्तिक । दक्षिणपश्चिम पाकिस्तानमा प्रहरीका एक समूह एक छ वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्याको अनुसन्धान जारी राखेका  छन् ।

ती बालिकालाई मारेर फोहोरको थुप्रौनजिकै फ्याँलिएको अवस्थामा प्रहरीले फेला पारेका जनाइएको छ । प्रहरीद्धारा जारी अनुसन्धानमा ती बालिकामाथि बलात्कार  भएको र त्यसपछि हत्या गरिएको प्रष्ट भएको छ ।

उत्तरपश्चिम पाकिस्तानको प्रायः अशान्त भइरहने बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटाको सहारा बतोल इलाकामा  गत बुधबार उक्त बालिकाको शव प्रहरीले फेला पारेका थिए ।

सहारा बतोल इलाकामा हजारा प्रजातीय समूहको बलियो प्रभाव रहेको जनाइएको छ । हजारा प्रजातीयहरुमा प्रायः जसो सिते मुसलमान समूदायमा रहेका छन् । बलुचिस्तान प्रान्तमा  हालका केही वर्षयता सुन्नी मुसलमान अतिवादी समूहको नेतृत्वमा बढ्दो रुपमा  हिंसाहरु भइरहेको पाइन्छ ।
बालिका हत्या अनुसन्धानमा संलग्न बलुचिस्तान प्रान्तका प्रहरी इन्स्पेक्टर जरनल  आम्लास  खानले ‘यो एक घृणित अपराध हो र यस अनुसन्धानको लागि प्रहरी आफ्नो सबै प्रयास अपनाउने छ ’ एएपपी समाचार समितिलाई बताउनु भएको बताइएको छ । एएफपी