काठमाडौँ, २१ कात्तिक। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले देश तहसनहस हुनुमा आफु पनि भागीदार भएको बताउनु भएको छ ।
११ विद्यार्थी संगठनले निर्धारित समयमा संविधान जारी गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण–पत्र बुझेपछि शुक्रबार नेता गच्छदारले राजनीति बिग्रिनुमा दलहरूको आकारका आधारमा दोषी हुनुपर्ने भन्दै आफु पनि दोषी भएको बताउनुभयो ।
उहाँले नयाँ संविधान जारी भएपछि मात्रर सबै कुरा ठिक ढङ्गले अघि बढ्ने भन्दै संविधान निर्धारित मितिमा आउन नसके देश ठूलो संकटमा फस्ने चेतानी दिनुभयो ।
दलहरू लचिलो भएर प्रस्ततु भए माघ आठ भित्रै संविधान जारी हुने उहाँको भनाई थियो । उहाँ शिक्षा क्षेत्रमा विकृति देखिनुको प्रमुख कारण पनि राजनीति नै भएको ठोकुवा गर्नुभयो ।















प्रतिक्रिया