काठमाडौं, २ असोज । स्थानीय तहको चुनाव अन्तर्गत २ नम्बर प्रदेशका आठ जिल्लामा बिहान ७ बजेबाट सुरु भएको छ । मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएको छ ।
मतदानको सबै तयारी पूरा भएकाले मतदान गर्न निर्वाचन आयोग आह्वान गरेको छ । २ नम्बर प्रदेशको चुनावमा धेरै शीर्ष नेताहरूले पनि भाग लिँदै छन् ।
यसैबीच, निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधिप्रसाद यादवले बिहान ७ बजे मतदान गरेका छन् । उनले सप्तरीको राजविराज नगरपालिकाको वडा नं २ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ स्थित जुद्ध मावि केन्द्रबाट मतदान गरेका छन् ।
नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले सिराहा नगरपालिका– १५ स्थित सुखसैना केन्द्रबाट मतदान गरेकी छन् ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले धनुषाको नगराइन नगरपालिका–२ को राजेश्वर उमावि केन्द्रबाट मत खसालेका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले सर्लाही बलरा नगरपालिकाबाट मतदान गर्दै छन् ।
माओवादी केन्द्रका नेता मातृका यादवले धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद उमावि केन्द्रबाट मतदान गर्दैछन् ।
राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले रौतहटको दुर्भाभगवती गाउँपालिका अन्तर्गत संस्कृत उमाविबाट मतदान गरेका छन् भने अर्का नेता महेन्द्र राय यादवले सर्लाहीकै हरिपुर्वा नगरपालिका–९ स्थिति रामजानकी मन्द्रिर मतदान केन्द्रबाट भोट खसाल्दै छन् ।
कांग्रेसका नेता आनन्द ढुंगानाले धनुषाधाम नगरपालिका–१ को गोविन्दुर केन्द्रबाट भोट खसाल्दै छन् ।
एमाले नेता सत्यनारायण मण्डलले सप्तरीको सप्तकोसी नगरपालिका–११ मा रहेको बालविकास केन्द्रबाट मतदान गर्दै छन् ।
माओवादी केन्द्रका नेता एवम् शहकारी विकासमन्त्री प्रभु शाहले रौतहटको मौलापुर नगरपालिका–५ को मौतापुर केन्द्रबाट भोट खसाल्दै छन् ।
राष्ट्रिय जनता पार्टीका नेता शरत्सिंह भण्डरीले महोत्तरी औरही नगरपालिका, औरही माविबाट मतदान गर्दैछन् ।
कांग्रेस नेता तथा श्रम मन्त्री फरमुल्ला मन्सुरले बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित जितपुर उमाविबाट मतदान गर्दै छन् ।












प्रतिक्रिया