२१ कार्तिक २०८३, शनिबार

जिससका लेखापाललाई विप्लवका कार्यकर्ताले दले कालोमोसो

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शिवलाल सुवेदी

गुल्मी, १ असोज । जिल्ला समन्वयन समिती गुल्मीका लेखापाललाई विप्लप माओवादीले कालोमोसो दलेका छन । आईतवार ४ वजेतिर आफ्नै कायकक्षमा काम गरिरहेका लेखापाल प्रेमलाल भण्डारीलाई ३ जनाको समुहमा आएका विप्लव माओवादीका कार्यकक्ताले कालोमोसो दलेका हुन ।

उनीहरुले हाकिमलाई प्रभावमा पारी जिसस को श्रोत साधनमाथी अनियमितता गरेको, योजनाको रकम भुक्तानी गर्दा उपभोक्ताहरुसगँ कमिसन मागेको, कर्मचारीहरुको सञ्चयकोषको रकम जम्मा नगरेर आफुले अपचलन गरेको लगायतका आरोप लगाउदै कालोमोसो दलेको जनाएका छन ।

साथै उनीहरुले परिवारको नाममा फर्म दर्ता गरेर जिसस अन्र्तगतका ठेक्काहरुवाट कमिसन खाने गरेको, राजनैतिक शक्तिको आवरणमा कार्यालयमा दादागिरी गरेको र भष्टाचार गरि अकुत सम्पति आर्जन गरेको भन्दै कालोमोसो दलेका हुन ।

कार्यालय बन्द हुने समयमा आफुहरुलाई विप्लप माओवादी बताउने उनीहरुले हामीहरुलाई सहयोग नगर्ने त हैनस भन्दै आफुलाई एक्कासी समातेर कालोमोसो लगाएर भागेको लेखापाल भण्डारीले बताए ।