काठमाडौं, १ असोज । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कूलमा भदौ १८ देखि सञ्चालन भएको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास इण्डो नेपाल बटालियन लेभल कम्बाइन्ड ट्रेनिङ्ग एक्स सूर्य किरण एक्सआईआईको अवलोकन तथा समापन समारोहमा सहभागि हुन नेपाल आउनु भएका भारतीय सेनाका जनरल जागदिप कुमार शर्माले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त भेटवार्ताको क्रममा प्रधानसेनापति र भारतीय सेना जनरलबीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।













प्रतिक्रिया