३१ आश्विन २०८३, शनिबार

स्पाइस जेटको जहाज भैंसीसँग ठोक्कियो, सबै यात्रु सकुशल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SpiceJet_aircraft_240237227काठमाडौँ, २१ कात्तिक ।  भारतको गुजरातस्थित सुरत एयरपोर्टमा स्पाइस जेटको जहाज भैंसीसँग ठोक्किएको छ ।

उडान भर्ने क्रममा जहाज भैंसीसँग ठोक्किएको अधिकारीहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार जहाज र त्यसमा सवार सबै यात्रु सकुशल रहेका छन् ।

करिब डेढ सय यात्रु बोकेर उक्त जहाज बिहीबार राति उड्न ठीक्क परेको बेलामा भैंसीसँग ठोक्किएको थियो ।

स्पाइस जेटको फ्लाइट नम्बर एसजी–६२२ सुरत एयरपोर्टमा दिल्ली जानका लागि ठीक्क परेका बेला अचानक धावनमार्गमा आएको भैंसी जहाजको इन्जिनमा ठोक्किएको टाइम्स अफ इन्डियाले अनलाइन संस्करमा लेखेको छ ।

स्पाइस जेटका प्रवक्ता सिद्धार्थ कुमारले फ्लाइट एसजी–६२२ का सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको जनाउँदै सुरत एयरपोर्टमा स्पाइस जेटले अनिश्चितकालका लागि उडान भर्न बन्द गरेको जानकारी दिए ।

जहाज ठोक्किएपछि यात्रुलार्इ ओरालेर अर्को जहाज मुम्बर्इबाट झिकाएर गन्तब्यमा पुर्‍याइएको थियो ।