काठमाडौं, २१ कात्तिक । राष्ट्रिय मानव अधिकार आयोगले नेपालको कारागार तथा हिरासत केन्द्रहरूको भौतिक पूर्वाधार मानव अधिकारमैत्री नभएको बताएको छ ।
आयोगका सदस्यद्वय सुदिप पाठक र गोविन्द शर्मा पौड्यालले कास्की, पर्वत र बाग्लुङका कारागार तथा हिरासत केन्द्रहरूको अनुगमन गरेपछि
ती केन्द्रहरू मानव अधिकारमैत्री नभएको भन्दै मानव अधिकारमैत्री हुन पर्नेमा जोड दिएको हो ।
सदस्यद्वय पाठक र पौड्यालले कास्कीमा रहेका कारागार तथा हिरासत केन्द्रहरूको संयुक्त रूपमा अनुगमन गर्नुभएको थियो । पौड्यालले पर्वत र बाग्लुङका कारागार तथा हिरासत केन्द्रहरूको अनुगमन गर्नु भएको थियो ।
आयोगको प्रारम्भिक अनुगमन प्रतिवेदनमा कास्की, पर्वत र बाग्लुङका कारागार तथा हिरासत केन्द्रहरूका क्षमताभन्दा अत्याधिक संख्यामा बन्दीहरू राखिएको तथा भौतिक पूर्वाधारहरू जीर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया