२१ कार्तिक २०८३, शनिबार

काठमाडौंको मित्रनगरमा १२ वर्षीया बालिका बलात्कृत, स्याङजाका विक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ३१ भदौ । राजधानीमा एक बालिका बलात्कृत भएकी छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै डेराकोठामा १२ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ मित्रनगर डेरा गरी बस्ने स्याङजाको वालिङ–८ का १६ वर्षीय सफल विकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पीडित बालिका बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएकी छन् । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।