भैरहवा, ३१ भदौ । रुपन्देहीका प्रहरी प्रमुख एसपी श्यामलाल ज्ञवालीले जिल्लालाई मुलुकमै शान्ति र अमनचयन कायम गर्ने नमुना जिल्ला बनाएर छाड्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
प्युठान रुपन्देही सम्पर्क मञ्चले शनिबार बुटवलमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै एसपी ज्ञवालीले रुपन्देही जिल्लालाई शान्तिको जिल्ला भनेर स्थापित गर्ने बताए । उनले सूचनाको पारदर्शिताको लागी सबै जिल्लाबासीको सहयोग आवश्यक रहेको पनि बताए ।
प्युठानबाट रुपन्देहीमा बसोबास गर्ने तथा पेशा गर्ने दाजुभाई दिदीबहिनीसंग छलफल गर्दै एसपी ज्ञवालीले आफ्नो प्रहरी सेवाको दशकौं अनुभवले प्युठानीहरु अन्य जिल्लाका भन्दा अत्यन्तै स्वाभिमानी भएको पाएको बताए । उनले भने– ‘म यतिका वर्षको अनुभवले के कुरा बुझेको छु भने प्युठानीहरु बरु भोखै बसेका छन्, विपन्न छन् तर आफ्नौ स्वाभिमानी कतै गिराएको पाएको छैन ।’
एसपी ज्ञवालीले अपाराधीक गतिविधीमा पनि प्युठानीहरुको सहभागीता अत्यन्तै न्यून रहेको उल्लेख समेत गरे । उनले जिल्लालाई अपराधमुक्त बनाउन आफ्नो जन्मथलो प्युठानका दाजुभाइृ दिदीबहिनीले उल्लेख्खय सहयोग गर्ने आशा पनि व्यक्त गरे ।
मन्चका अध्यक्ष पदमबहादु जिसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एसपी ज्ञवाली, डिएसपी धर्म भण्डारी, अंग्रेजीमा विद्याबारिधी गरेका डा. विष्णु पोखरेल र नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति यानेन्द्र जिसीलाई सम्मान गरिएको थियो । चारै जना प्युठानी हुन् ।
सो अवसरमा प्युठानमा जन्मिएका तर विभिन्न कामले वा बसाइसराई गरी रुपन्देही बसोबास गर्दै आएका प्युठानीहरुको सहभागिता रहेको थियो । सचिव श्याम पोखरेलको सन्चालन तथा उपाध्यक्ष बाबुराम एमसीको स्वागतमा सम्पन्न कार्यक्रममा जंगबहादुर शाह रामराज पोखरेल लगायतले मन्तब्य राख्दै प्युठानबाट रुपन्देही झरेका हरु एकिकृत भई राम्रो काम गर्नुपर्ने बताए ।
उक्त अवसरमा डा. सुरेन्द्र गिरी, लोकराज पोखरेल, चित्रबहादुर जि.सी, धनेन्द्र विक्रम पाण्डे, चोपलाल आचर्य, भरत केसी, बाबुराम पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।













प्रतिक्रिया