भक्तपुर, ३१ भदौ । नेकपा एमालेका नेता निर्मल भट्टराईले नेकपा एमालेको अडानको कारण देश बिखण्डनबाट जोगिएको बताउनुभएको छ । अनेरास्ववियु मध्यपुर नगर सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले एमालेविरूद्धका सबै षड्यन्त्रहरू सफल नहुने बताउनुभयो ।
सम्मेलनमा बोल्दै अनेरास्ववियुका केन्द्रिय सचिब आरसी लामिछानेले विद्यार्थीको प्रमाण पत्र धितो राखेर ऋण लिन व्यवस्था अबिलम्ब लागु गरिने बताउनु भयो ।
सम्मेलनले अविरल प्रजापति संयोजक, माधब ढकाल सह संयोजक, बबिन प्रजापति सचिब र सह सचिब युवराज धमला सह सचिब निर्वाचित गरेको छ । साथै सदस्यमा बिबेक थापा, बिध्या राजबाहक, भगवती भन्डारी, रुजन श्रेष्ठ, सुजन श्रेष्ठ, राज प्रजापती, जोहन परियार र प्रकाश रसाइलीलाई निर्वाचित गरेको छ ।
कर्यक्रम मा नेकपा एमाले जिल्ला उपाध्यक्ष बचन देउजा, अनेरास्ववियु सचिवालय सदस्य चन्द्र थीङ, जिल्ल अध्यक्ष जयराम बास्तोला, सुबास तिमिल्सिना लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।













प्रतिक्रिया