३१ आश्विन २०८३, शनिबार

प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चाले युद्ध निम्त्याउन खोज्योः मन्त्री बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-basnetभक्तपुर, २१ कात्तिक । उद्योग मन्त्री महेश बस्नेतले २२ दलले जातीय राज्यको बीउ रोपेर देशमा जबर्जस्ती द्वन्द्व र अराजकता निम्त्याउन खोजेको आरोप लगाउनुभएको छ ।

भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको दोस्रो साधारणसभा तथा प्रथम जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मन्त्री बस्नेतले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले भन्नुभयो संविधान निर्माणका क्रममा जातीय सङ्घीयताको प्रस्ताव ल्याएर प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चा संविधान बन्न नदिने र युद्ध निम्त्याउने खेलमा लागेको छ ।

नेपाली काँगे्रस, नेकपा (एमाले)ले लगायतले ल्याएको सात प्रदेशको प्रस्ताव राष्ट्रिय अखण्डता, शान्ति, समृद्धि र समयमै संविधान निर्माणका लागि भएको बताउँदै मुलुकलाई जबर्जस्ती जातीय सङ्घीयतामा लगिए सोमालिया जस्तो गृहयुद्धमा देश फस्ने मन्त्री बस्नेतले धारणा राख्नुभयो ।

उहाँले व्यवसायीको हकहितको पक्षमा आफू रहेको बताउँदै सामाजिक सुधार विधेयकको नाममा व्यवसायीलाई अप्ठ्यारोमा पार्न नहुने औँल्याउँदै यसका बारेमा आफूले गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो ।

सङ्घका अध्यक्ष पृथ्वीभक्त प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य महासङ्घ भक्तपुरका अध्यक्ष प्रज्वल जोन्छे, पार्टी प्यालेस तथा क्याटरिङ महासङ्घका अध्यक्ष अरुणशङ्कर वैद्य, युवा सङघ,नेपालका महासचिव उत्तम शर्मा, सङ्घका पश्चिमाञ्चल अध्यक्ष लीला जिसी, सङ्घका ललितपुर अध्यक्ष प्रदीपकुमार कर्माचार्यलगायतले राज्यलाई कर तिर्दै आएको र हजारौँ युवालाई रोजगारी दिँदै आएको पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायलाई सरकारले सामाजिक व्यवहार सुधारको नाममा अप्ठ्यारोमा पार्न खोजेको गुनासो गर्नुभयो । रासस