३१ आश्विन २०८३, शनिबार

तीन कृषकलाई उत्कृष्ट राष्ट्रपति पुरस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खलङ्गा, २१ कात्तिक । कृषि क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै रोल्पाका तीन कृषकलाई उत्कृष्ट राष्ट्रपति पुरस्कार प्रदान गरिएको छ ।

बिहीबार सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी घर्तीगाउँ–८ का रनसिंङ बुढा, लिबाङ–४ का ज्ञानबहादुर घर्ती र राङसी–५ का छविकुमार श्रेष्ठलाई पुरस्कृत गरिएको हो ।

पुरस्कारको राशि रु १० हजार नगद र प्रमाणपत्र छ । पुरस्कार पाएपछि उहाँहरूले आफूहरूलाई थप हौसला मिलेको भन्दै कृषिलाई अझै व्यावसायिक बनाउन लागिपर्ने बताउनुभयो ।

विश्व खाद्य दिवसको अवसरमा ‘पारिवारिक खेती सबैलाई खुवाऔँ, पृथ्वीलाई जोगाऔँ’ भन्ने शीर्षकमा गरिएको निबन्ध प्रतियोगिताका विजयीलाई पनि कार्यक्रममा पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत किशोर पन्तले रोल्पामा अब अलैँची, सुन्तला, कागती, आलु खेती र मकैको बीउको जगेर्ना गर्ने कार्यक्रमलाई अभियानकै रूपमा गाउँगाउँमा लैजाने बताउनुभयो । रासस