बाजुरा, ३० भदौ । सामुदायिक विद्यालयलाई आधुनिक प्रविधि युक्त शिक्षासँग जोड्न भानुदय मावि नौविसलाई कम्प्यूटर सहयोग गरिएको छ । ६ लाख २२ हजार ५ सय खरिद र १६ हजार ढुवानी खर्च गरी ६ लाख २८ हजार ५ सय रुपैया बराबरको लागत खर्चमा १५ वटा कम्प्यूटर सहयोग गरिएको हो ।
गुड नेवर्स इन्टर नेशनल र पीसविनको सयुक्त सहकार्यमा १५ वटा डेस्टप कम्प्यूटर सहयोग गरिएको विद्यालयका प्रअ मनवीर खातीले बताए । कम्प्यूटर एक कार्यक्रमका बीच बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपक विक्रम शाहले विद्यालयका प्रअ मनवीर खातीलई हस्तान्त्रण गरेका हुन् ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार र प्रविधियुक्त शिक्षासँग जोड्न कम्प्यूटर सहयोग गरिएको पीसविन शिक्षा विकास अधिकृत टेकबहादुर थापाले बताए । विद्यालयलाई हस्तान्त्रण लगत्तै आजै कम्प्यूटर कक्षाको उद्घाटन समेत गरिएको छ ।
बालबालिकाको शिक्षा आर्जन गर्न पाउने विकासको अधिकारको ग्यारेन्टी गर्ने गरी सहयोग प्राप्त भएकोमा विद्यालयले धन्यवाद दिएको छ । बजारमा विक्न र टिक्न सक्ने शिक्षा दिनु आजको आवश्यकता भएकोले त्यसका लागि सहयोग महत्वपूर्ण हुने नगर प्रमुख शाहले बताए ।
कम्प्यूटर प्राप्त भएसँगै विद्यालयले नियमित कम्प्यूटर कक्षा समेत सञ्चालन गर्ने विव्यस अध्यक्ष नरबहादुर कटुवालले बताए । कक्षा ६ देखि १२सम्मको विद्यार्थीलाई प्रयोग गरिने छ । दैनिक एक कक्षा पुग्ने गरी सञ्चालन गर्ने प्रअ मनवीर खातीले बताए ।
कम्प्यूटर सहयोग सँगै विद्यालयका ८ सय बढी विद्यार्थी लाभान्वित हुने भएका छन् । कम्प्यूटर ग्रहण गर्दै विद्यालयका प्रअ मनवीर खातीले विद्यार्थीको सिकाई उपलब्धी र गुणस्तरीय शिक्षा विकासमा ठूलो सहयोग पुग्ने बताए । नियमित कम्प्यूटर कक्षा सञ्चालन गर्नका लागि सहयोग पुगेको छ, प्रविधिसँग नजिक राखेर शिक्षण सिकाई गर्न सजिलो हुने भयो, खातीले भने ।
कार्यक्रममा नगर उपप्रमुख तारा कुमारी खाती थापा विव्यस अध्यक्ष नरबहादुर कटुवाल ६ नम्बर वडा अध्यक्ष गणेश थापा, ५ नम्बरका केशबहादुर थापा, एमाले नेता टिका विक, श्रोत व्यक्ति हिरालाल रेग्मी लगायतको सहभागिता रहेको थियो ।
कम्प्यूटर उपलब्ध भएसँगै विद्यालयले कक्षा ६ देखि १२ सम्म अनिवार्य कम्प्यूटर कक्षा सञ्चालन गर्ने बताएको छ । सहयोगी संस्थाले बुढीगंगाका ७ र छेडेदह गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार बढी बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि काम गरिरहेका छन् ।
उनीहरुकोे शैक्षिक सामाग्री खरिद देखि स्वास्थ्य उपचार सहीत अभिभावकलाई आय आर्जनका क्रियाकलापमा समेत सहयोग गरिरहेको छ । पीसविन गुड नेभर्स इन्टर नेशलनले यस अघि काँडा, जयवागेश्वरी टाँटे लगायतका स्वास्थ्य चौकीका लागि साढे ५ लाख बराबरको स्वास्थ्य उपचार सामाग्री सहयोग गरेको थियो । कार्यक्रम साविक ६ गाविसमा सञ्चालन भईरहेको छ ।













प्रतिक्रिया