२१ कार्तिक २०८३, शनिबार

दश दिनअघि वेपत्ता भएका सुन्दरीजलका तामाङको शव लिखु खोलामा भेटियो

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

नुवाकोट, ३० भदौ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलका राजमान तामाङ नुवाकोटस्थित लिखु खोलामा मृत भेट्टिएका छन् ।

दश दिनअघि घरबाट सम्पर्कविहीन भएका ४० वर्षका तामाङ बिहीबार राति शिवपुरी गाउँपालिका–३ लिखुस्थित लिखुखोला किनारमा मृतावस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाशकुमार भट्टराईले जानकारी दिनुभयो ।

मृतकका भतिज दावा तामाङ सम्पर्कमा आएपछि पहिचान खुलेको प्रहरीले जनाएको छ । मृतकको शरीरमा चोटपटक केही नदेखिएकाले खोलाले बगाएर मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । मृतकको शव परीक्षणका लागि आज बिहान जिल्ला अस्पताल, त्रिशूली ल्याइएको छ । रासस