चितवन, ३० भदौ । चितवनमा घुँडाको उपचार सम्बन्धि दुर्इ दिने आधारभूत गोष्टी संचालन हुने भएको छ ।
भदौ ३० र ३१ गते दुर्इ दिन संचालन हुने गोष्टी दिग्गज र अनुभबी अर्थोपेडिक सर्जनहरूले क्यामेराको प्रयोगबाट गरिने अत्याधुनिक आर्थोस्कोपिक सर्जरी सम्बन्धि सिप र ज्ञान नयाँ पुस्तालाई जानकारी दिने छन् ।
नेपाल आर्थोस्कोपि संघका अध्यक्ष डा.चक्रराज पाण्डेले गोष्टीमा आर्थ्रोस्कोपिक सर्जरीबारे पछिल्ला उपलब्धिहरुका सैद्धान्तिक ज्ञान आदानप्रदान गरिनुका साथै प्रयोगात्मक अभ्यास गरिने बताए ।
जस अन्तर्गत बिशेषज्ञ अर्थ्रोपेडिक आर्थ्रोस्कोपिक सर्जनहरुले ड्राइल्याब बिधिबाट तथा साँच्चैका बिरामीहरुको आर्थ्रोस्कोपिक सर्जरी गरी ज्ञान आदान प्रदान गरिने जनाइएको छ ।
सो गोष्टीमा आर्थ्रोस्कोपि संघका अध्यक्ष डा. चक्रराज पाण्डे, संघका महासचिब डा. अर्जुन लामिछाने, डा. रुपेश बैद्य तथा आर्थोपेडिक संघ चितवन च्याप्टरका डा सुदिपमान बैद्य र डा. अर्जुन श्रेष्ठ लगायतले फ्याकल्टीका रुपमा कार्यपत्रहरु प्रस्तुत गर्ने छन् ।
आर्थ्रोस्कोपी संघका डा. विनोद शेरचन, डा. चन्द्रबहादुर मिश्र, डा.नागमणि सिंह, डा.श्रवण थापा लगायतले पनि साथ दिने छन् ।












प्रतिक्रिया