५ कार्तिक २०८३, बिहिबार

किन गरे आलोकले झुण्डिएर आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aalok-Nemwangकाठमाडौं, २१ कात्तिक । चलचित्र तथा म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङले आफ्नै घरमा झुण्डिएर ज्यान दिएका छन् । उनलाई प्रहरीले धापासीस्थित घरमा झुण्डिएको अवस्थामा फेला परेको जनाएको छ ।

बिहीबार राति ८ बजे उनी मृत फेला परेका थिए । उनको मृत्युबारेमा प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ । शवलाई पोष्टमार्टमका लागि पठाइएकोले रिपोर्ट नआउँदासम्म केही भन्न नसकिने प्रहरी भनाइ छ ।

प्रारम्भीक अनुसन्धानका क्रममा प्रहरीले निर्देशक नेम्बाङले आफै ज्यान दिएको हुन सक्ने आशंका गरेको छ । तर घटनाको अनुसन्धान जारी रहेकाले प्रहरीले ठोस जानकारी दिन मानेको छैन ।

दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेका नेम्वाङको अझैं पनि चलचित्र फागुन १५ गते रिलिज हुने तयारीमा थियो ।

अविवाहित उनले सानो संसार, कोही मेरोजस्ता चर्चित फिल्मको निर्देशन गरेका थिए ।