– आकाश देबकोटा
बाँके, २९ भदौ । नेपालगञ्ज खजुरा सडक खन्डमा कालोपत्रे गरेको एक वर्ष नबित्दै सडकमा जताततै खाल्डो पर्न थालेका छन् । सडकमा फलामको रड देखिन थालेका छन् । बाटोमा भएको ५ इन्च सम्मको रडको कारण सवारी चालक, यात्रुहरुले सास्ती खेपिरहेको गुनासो अइरहेको छन् । यसले सडकमा ठूलो दुर्घटना निम्त्याउन सक्ने सम्भावना रहेको छ ।
समय समय बाटो मर्मत भएपनि पुरानै हालतमा पुग्ने गरेको छ । दिर्घकालिन रुपमा यसको व्यवस्थापन गर्न सकिएको छैन । यसतर्फ सम्बन्धित निकाएको ध्यान जान सकेको छैन । सो सडक खण्डमा हिड्ने मोटरसाइकल चालक लल्लन प्रसाद यादवले गुनासो गरे ।
बाटोमा निस्केको सरियाले गर्दा टायर पेन्चर हुने गरको र यसले ठुलो दुर्घटना हुन सक्ने सम्भावना रेहेको बताउनु भयो । बाटोको कारण सर्वसधारण जनताले धेरै दुःख पाएकोले यो समस्यालाई नेपाल सरकार र सम्बन्धित निकाएले समाधान गर्नुपर्ने बताउनुभयो ।
सडकमा भएको खल्डोको कारणले गाडीलाई क्षति गरेको बताउनुभयो । खाल्डोको कारण गाडीको पत्ता भचिने गरेको र बाटोमा निस्केको फलामको सरियाले गाडीको टायर पेन्चर हुनेगरेको बताउनु भयो । चुनावको बेला सबै समाधान गर्छु भनेका नेताहरुले अहिले चुनाव जितेर पनि केहि विकास गर्न नसकेको भन्नु भयो । विग्रको बाटोमा रातीको समयमा गाडी चलाउदा ज्यानै ज्यान सक्ने खतरा हुन सक्छ ।
नेपालगन्ज उपमहानगरपालिका का मेयर धवल शमशेर राणा भने बजेटको अभावले गर्दा मलहम पट्टी मात्र गरेको बताउनुभयो । बिग्रिएको सडक बनाउनको लागि प्रक्रियामा गइसकेको छ । प्रविधिक र आर्थिक पक्षको मूल्याङकन भइरहेको र बजेट आएपछि डेढ महिना पछि मात्र सडक विभाग द्वारा दिर्घकालिन रुपमा सडक बन्ने बताउनु भयो ।
राणाका अनुसार सडकमा निस्केको फलामको रडले दुर्घटना नहोस, यात्रुहरु लाई क्षेति नहोस, गाडीको चक्का पेन्चर हुन नदिनको लागि रडलाई बंग्याउने, कुच्याउने काम भएको बताए ।













प्रतिक्रिया