नवलपरासी, २८ भदौ । सीपी मैनाली नेतृत्वको नेकपा माले फुटको संघारमा पुगेको छ । मालेका प्रभावशाली केन्द्रीय नेताहरु मनशोभा पाण्डे, पुरन केसी लगायतको नेतृत्वमा पाँच नम्बर प्रदेशका अधिकांश माले कार्यकर्ताले पार्टी त्याग गर्ने तयारीमा रहेको बुझिएको छ ।
साविक लुम्बिनी अञ्चललाई मुख्य कार्य दक्षेत्र बनाई वामपन्थी राजनीतिमा लामो समय देखि क्रियाशील हुदै नेकपा एमालेको बिभाजन पश्चात नेकपा मालेको सक्रिय राजनीतिमा रहेका केन्द्रीय सदस्य मनशोभा पाण्डेय र पुरन केसीको नेतृत्वमा ५ नम्बर प्रदेशका अधिकांश जिल्ला कमिटिहरु पछिल्लो समय पार्टीले अख्तियार गरेको नीति र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकपा माले पार्टी परित्यागको तयारीमा रहेको मालेको उच्च स्रोतले जनाएको छ ।
पाण्डे प्रदेश नं. ५ मा मालेकी प्रभावशाली नेतृकी रुपमा परिचित हुनुहुन्छ ।












प्रतिक्रिया