पथरी, २० कात्तिक । मोरङको लेटाङ–४ स्थित खेरुवामा एक व्यक्तिले बिहीबार बिहान खुकुरी प्रहार गरी श्रीमती र एक छोरीलाई घाइते बनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार घरायसी विवादमा ३३ वर्षीय प्रितम विश्वकर्माले ४० वर्षीया श्रीमती ज्ञान सुब्बा र १२ वर्षीया छोरी एलिना विश्वकर्मालाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार भएका हुन् ।
दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते दुवै आमाछोरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
फरार प्रितमको खोजी भइरहेको छ ।















प्रतिक्रिया