काठमाडौँ, २० कात्तिक । संविधान निर्माणमा देखिएको अन्योलता तोड्न नेपाली काँग्रेस, एमाले र एमाओवादीका सम्मिलित ‘हाइ कमाण्ड’को बैठक बसेको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको उक्त बैठकले सहमतिबाटै अघि बढ्ने निष्कर्ष निकालेको एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिनुभयो ।
बैठकस्थलबाट बाहिरिने क्रममा प्रधानमन्त्री सुशील कोइरालले पनि शीर्ष नेताबीच सहमतिमै अघि बढेर संविधान जारी गर्ने सहमति भएको जानकारी दिनुभयो ।
‘हाइ कमाण्ड’ को बैठकले अवरुद्ध राजनीतिक प्रक्रियालाई अघि बढाउन बिहीबार अपरान्ह शीर्ष नेताको बैठक बालुवाटारमा बस्ने पनि तय गरेको छ ।















प्रतिक्रिया