इलाम, २० कात्तिक । मोटरसाइकल दुर्घटनामा इलाम नगरपालिका–९ निवासी ४५ वर्षीय मोहन देवानको आज बिहान मृत्यु भएको छ ।
काठमाडौँबाट इलामतर्फ आउँदै गरेको मे४प ९३४४ मोटरसाइकलमा सवार देवानलाई विपरीत दिशाबाट आउँदै गरेको को१च ६५८६ नम्बरको बोलेरो गाडीले सुनसरीमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिनुभयो । प्रहरीले ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिएको छ ।















प्रतिक्रिया