विजय थापा
अमेरिका, १९ कात्तिक । नोवेम्बर ४ तारिखमा भएको अमेरिकाको निर्वाचनमा जर्जिया एटलान्टा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डेमोक्रेटिक दलकी नेपाली चेली अमृता रेग्मी निर्वाचनमा पराजित हुनुभएको छ ।
उहाँ रिपब्लिकनका थोमस आर (टम राइस) सँग पराजित हुनुभएको हो । उहाँले जर्जिया प्रतिनिधीसभा क्षेत्र ९५ बाट चुनाबबाट उम्मेदवारी दिनुभएको थियो ।
उक्त क्षेत्र रिपब्लिकनहरुको गढ मानिन्छ भने रिपब्लिकनका टम राइस उक्त क्षेत्रमा १७ बर्षदेखि प्रतिनिधित्व गर्दै आउनु भएको थियो ।
डा. अमृता रेग्मीले कुल ३८ प्रतिसत (५,७ ९०) मत प्राप्त गर्नुभएको थियो । रिपब्लिकनका थोमस आर (टम राइस) ले ६२ प्रतिसत (९,५ ९२) मत प्राप्त गर्नुभयो ।
डा. अमृता रेग्मीको उम्मेदवारीमा प्रथम चरणमा डेमोक्र्याटिक दलका कुनै पनि उम्मेदवार खडा नभएको कारण प्राथमिक चरणमा उहाँले चुनाब स्वत जित्नु भएको थियो । नोवेम्बर ४ तारिखको निर्वाचनमा रिपब्लिकन दलका प्रभावशाली प्रतिद्वन्दी टम राइससँग प्रतिस्पर्धा उहाँका लागि कठिन थियो ।
अमेरिकामा हालसम्म कुनै पनि नेपालीमुलका उम्मेदवार निर्वाचनमा बिजयी हुन सकेका छैनन् । अमेरिकामा सन् २०१२ मा वाशिंगटनबाट दर्शन रौनियार प्रथम चरणको निर्वाचन,२०१४ मा म्यारिल्याण्डको प्राथमिक चरणको निर्वाचनमा ह्यारी एच बी भण्डारी र नोवेम्बर ४, २०१४ तारिखमा भएको निर्वाचनमा डा. रेग्मी समेत गरि तीन जना नै पराजित हुन्भएको थियो ।
उत्तर अमेरिकाको क्यानाडामा भएको निर्वाचनमा बेन्जामिन शर्मा पनि २०१४ मा पराजित हुनुभएको थियो ।















प्रतिक्रिया