भैरहवा, २५ भदौ । एडिबीको सहयोगमा रुपन्देहीको सिद्धार्थनगरमा निर्माणाधीन सडक र नालाको सम्बन्धमा बारम्बार जनगुनासो आउने गरेको छ ।
धेरै गुनासो आएपछि स्थानीयले शनिबार प्रभातपथमा निर्माण भइरहेको नालाको विरोध गरेका छन् । नाला गुणस्तरहीन ढंगले हिलो र पानीमाथि नै बनाइएपछि विरोध जनाइएको हो ।
स्थानीयको विरोधपछि नगरपालिका उपमेयर उमा काफ्ले, वडाध्यक्ष शेषकान्त भण्डारी र इञ्जिनियर यमलाल पाण्डे फिल्डमै गई सो नालाको अवलोकन गरेका छन् ।
पानीभित्र इट्टा विच्छाएर गरिएको उक्त नालाको निर्माण सहि ढंगले नभएको देखिएपछि त्यसलाई तत्काल भत्काएर ढुंगाको सोलिंग गरेर पुनः निर्माण गर्न नगरपालिकाले ठेकेदार पक्षलाई निर्देशन दिएको छ ।
नालाको छेउमा सिद्धार्थ नगरपालिका ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीको घर पर्छ । जनप्रतिनिधीकै घर अगाडिको नालामा बदमासी गर्ने ठेकेदारले अन्य ठाउँमा के गर्ला भनी अहिले स्थानीयले प्रश्न गर्न थालेका छन् ।













प्रतिक्रिया