२१ कार्तिक २०८३, शनिबार

बर्दियामा चितुवाको छालासहित २ शिकारी पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुदीप अधिकारी

बर्दिया, २४ भदौ । बर्दिया जिल्लामा चितुवाको छालासहित २ जना शिकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बासगढी नगरपालिका वडा नं १ का ५२ वर्षीय जीतबहादुर देवकोटा र बारा–बर्दिया नगरपालिका १ का ६२ वर्षीय नरबहादुर शाही रहको प्रहरीले जनाएको छ ।

उनीहरूलाई शनिबार सदरमुकामस्थित विजया गेष्ट हाउसबाट पक्राउ गरिएको हो । प्रहरीको क्षेत्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक अरुणकुमार सिंह नेतृत्वको टोलीले पक्राउ गरेको थियो ।

छाला किनबेच भइरहको भन्ने गोप्य सूचानाका आधारमा प्रहरीले छापामार्दा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।