काठमाडौं, २३ भदौ । नयाँ शक्ति पार्टी नेपालकी सांसद गंगा थारु सात्गौँवाले देवानी संहिता प्रतिवेदन संसदमा पेस भइसकेको भन्दै विदेशीको दवावमा रोकने प्रयास भएको आरोप लगाउनुभएको छ ।
संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सत्गौँवाले ३ दल कांग्रेस, एमाले र माओवादी केन्द्रको सिण्डिकेटले देवानी संहिता रोकिएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘देवानी संहितामा रहेको इच्छापत्र पास हुन सकेन । संसदमा अडकियो । तीन दलको सिण्डिकेट यातायात क्षेत्रमा मात्रै होइन संसदमा पनि देखियो ।’
बाबुआमाले आफ्ना छोराछोरीलाई सम्पत्ति दिन रोकेको तथा आफ्नो मृत्युपछि कसलाई सम्पत्तिको हक दिनेभन्ने प्रावधानसहितको ‘इच्छापत्र’ संसदमा रोकिएको भन्दै विधायन समितिका सभापति समेत रहनु भएकी सांसद चौधरीले आवाज उठाउनु भएको हो ।
३ वर्षसम्म विधानय समितिमा छलफल गरेर सर्वसम्मत रुपले प्रतिवेदन तयार भएर संसदमा पेश गरिएको भन्दै सांसद सत्गौँवाले भन्नुभयो, ‘इच्छापत्रमा असन्तुष्टि थियो भने त्यस बेला किन संशोधन राखिएन ? अहिले आएर रोक्नु भनेको विदेशीको दवाव छ ।’












प्रतिक्रिया