५ कार्तिक २०८३, बिहिबार

अमेरिकी सिनेटमा रिपब्लिकनको जित, राष्ट्रपति ओबामाको पार्टीलाई झड्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barack-obama-dnc-speech काठमाडौँ, १९ कात्तिक । अमेरिकी माथिल्लो सदन सिनेटको मिड–टर्म (मध्यावधि) चुनावमा रिपब्लिकन पार्टीले बहुमत हाँसिल गरेको छ ।

चुनावी परिणामलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाको घट्दो लोकप्रियताको  रुपमा हेरिएको छ । यो परिणामले राष्ट्रपति बाराक ओबामाको पार्टीलाई ठुलो झड्का लागेको अनुमान समेत गरिएको छ ।

रिपब्लिकन सिनेटर एवं २०१६ मा पार्टीका सम्भावित राष्ट्रपति उम्मेद्वार र्‍याड पलले भनेका छन्–‘यो चुनाव राष्ट्रपति ओबामामाथि जनमत संग्रह हो ।’

सिनेटमा बहुमत पुर्‍याउन रिपब्लिकनलाई ६ सिट चाहिएको थियो । मध्यावधि चुनावमा रिपब्लिकनले अराकन्सास, कोलराडो, आयोवा, मोन्टाना, उत्तरी क्यारोलिना, दक्षिण ठोकोटा र पश्चिम भर्जिनियामा जित हात पारेको छ ।
रिपब्लिकन पार्टीले अलबामा, जर्जिष, कानसास, माइन, मिसिसिपी, नेब्रास्का, ओकहोमा, दक्षिण क्यारोदिना र टेनेसेमा आफ्नो सीट सुरक्षित गरेको छ ।

रिपब्लिकन सिनेटर मिच म्याककोनल केन्टको महत्वपूर्ण सीट सुरक्षित गर्न सफल भए । अब उनी बहुमतप्राप्त दलको नेता बन्ने छन् ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ (प्रतिनिधि सभा) मा रिपब्लिकनको पहिला नै बहुमत थियो । अब झन बलियो भएको छ ।

अब सिनेटमा पनि बहुमत हासिल गरेपछि पछिल्लो दुई वर्षमा ओबामाले लिएको नीतिगत फैसलामा परिर्वतन हुन सक्ने बीबीसीले जनाएको छ ।

सिनेटमा बहुमत हात पारेपछि ओमरिकी जनतालाई सम्बोधन गर्दै उनले भनेका छन्–‘हामीले तपाईको आवाज सुन्यौं, म त्यसलाई आफ्नो आवाज बनाउँछु र यो सुनिश्चित गर्छु कि बाशिङटनमा तपाईहरुको आवाज सुनाउँछु ।’

सिनेटको एक तिहाइ सीटका साथै प्रतिनिधि सभाका सबै ४३५ सिट र ५० राज्यमध्ये ३६ राज्यको गभर्नरका लागि पनि चुनाव भएको थियो ।