काठमाडौं, २३ भदौ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाल यौन दूराचारको आरोपमा अस्ट्रेलियन नागरिकलाई पक्राउ गरेको छ ।
सीआईबीले काठमाडौंको ठमेल, ठैटीस्थित एक होटलको कोठाबाट अस्ट्रेलियन नागरिक वर्षी ४५ केन्डलर मार्कसलाई पक्राउ गरेको हो । साथै उपत्यका बाहिरबाट यौन दूराचारका लागि काठमाडौं ल्याइएका एक नेपाली नाबालकलाई समेत उद्धार गरेको छ ।
अस्ट्रेलियन नागरिकविरुद्ध बाल यौन दूराचार र मानव बेचविखन तथा ओसार पसार मुद्दा अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।












प्रतिक्रिया