काठमाडौं, २३ भदौ । राजधानीमा एक महिलाको सुनको सिक्री लुटिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कागेश्वरी मनहरा नगरपालिका–८ मनिटारचोक घर भएकी मैया बुढाथोकीको करीब डेढ तोलाको सुनको सिक्री शुक्रबार लुटपाट भएको हो ।
बुढाथोकीको पसलमा माक्स किन्ने बहानामा हाल अल्फाबेट नखुलेको २२१ नम्बरको मोटरसाइकलमा आएका अपरिचित २ जनाले उनले घाँटीमा लगाएको उक्त सुनको सिक्री लुटी फरार भएका थिए ।
लुटेराहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया