इलाम, १९ कार्तिक । राँके बजारमा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रणमा आएको छ। प्रहरी, स्थानीय, सशस्त्र प्रहरी र दमकलले आगलागी नियन्त्रणमा लिएको हो। विष्णु सुनुवारको घरबाट विद्युत सर्ट भर्इ आगो लागेको थियो ।
इलाम सदरमुकामबाट ३४ किलोमिटर पश्चिम–उत्तरमा पर्ने इलाम र पाँचथरको सीमामाको राँके बजारमा बिहान करिब ८ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आएको हो ।
प्राप्त जानकारी अनुसार आगलागीबाट १० वटा घर जलेर नष्ट भएका छन् । आगलागि भएका सबै घरमा पसल रहेको थियो ।















प्रतिक्रिया