इलाम, १९ कार्तिक । राँके बजारमा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रण बाहिर रहेको छ। विष्णु सुनुवारको घरबाट विद्युत सर्ट भर्इ आगो लागेको हो ।
इलाम सदरमुकामबाट ३४ किलोमिटर पश्चिम–उत्तरमा पर्ने इलाम र पाँचथरको सीमामाको राँके बजारमा बिहान करिब ८ बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको हो ।
प्राप्त जानकारी अनुसार अहिलेसम्म करिब १० वटा घर जलिसकेका छन् । आगलागि भएका सबै घरमा पसल रहेको थियो ।
विष्णु सुनुवारको घरबाट विद्युत सर्ट भइ सल्किएको आगो ले छिमेकी कर्ण गुरुङ, प्रेम चेम्जोङ, नेत्र लामिछाने, वाङ्गेल तामाङ, राम आचार्य, भूपेन्द्र गौतम र राजेन्द्र गौतमको घर भेट्टाएको हो।
प्रहरी, स्थानीय, शसस्त्र प्रहरी र दमकलले गरेको आगलागी नियन्त्रणमको प्रयास गरिरहेका छन्।















प्रतिक्रिया